शनिबार बेलुकी एक कार्यक्रममा पुगेकी अभिनेत्री बर्षा राउतको पहिरन फेरिएको देखियो । बर्षा सार्वजनिक कार्यक्रम, पार्टी, प्रिमियरमा पुग्दा सामान्य पहिरनमा पुग्छिन् । तर, शनिबार उनको पहिरनमा आएको परिवर्तनले धेरैलाई सोच्न वाध्य बनायो ।
बर्षा पहिले भन्दा अहिले आफू पहिरनमा परिवर्तित भएको बताउँछिन् । अभिनेत्री भैसकेपछि पहिरनमा सजग हुनुपर्ने उनको भनाई छ । सोहि सोचका कारणले पनि आफूले पहिरनमा परिवर्तन गर्न थालेको बर्षाको भनाई छ ।
उनले, पहिले आफूले नै किनेका पहिरनमा सार्वजनिक कार्यक्रममा पुग्ने गरेको तर अहिले डिजाइनरसँग सल्लाहा गर्न थालेको बताइन् । पहिला सार्वजनिक कार्यक्रममा कम पुग्ने बर्षा अहिले भने कार्यक्रममा बढी नै पुग्छिन् ।
बर्षा अभिनित फिल्म ‘भैरे’को छायांकन सकिएको छ भने ‘गाँजाबाजा’ रिलिजको क्रममा छ ।