पौष २८ गतेबाट रिलिज हुने फिल्म ‘मिस्टर झोले’का अभिनेता दयाहाङ राई यो फिल्म चल्नेमा विश्वस्त छन् । उनको भनाइमा यो फिल्म तडकभडकबाट मुक्त छ । दयाले पत्रकारसँग भने–‘फिल्म एकदमै सामान्य कथामा बनेको छ । गाउँको कथामा फिल्म बनेको हो । दर्शकले पूर्ण रमाइलो गर्न पाउनु हुनेछ ।’
दयाका अनुसार, फिल्मबाट ठूलो अपेक्षा आवश्यक छैन । आफूले निर्देशकले दिएको कथामा उत्कृष्ट काम गर्ने कोशिश गरेको दयाले बताए । यो फिल्ममा दयाको साथमा अभिनेत्री दिया पुन, बर्षा राउत देखिएका छन् । फिल्ममा दयाको जोडी दिया हुन् । दयाको वुझाइमा दिया एक ट्यालेन्टेड कलाकार हुन् ।
एउटा गाउँमा आफ्नो सोचलाई दबाउन खोजेपछि उत्पन्न हुने परिस्थितीमा रामबाबुले फिल्म बनाएका छन् । टेकेन खड्काको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्माता रौनक विक्रम कँडेल हुन् ।