पूर्वी चितवनको पहिलो र एक मात्र सुबिधा सम्पन्न सिनेमा हल म्याङगो जनज्योति सिनेमा हलले एक कार्यक्रमका बीच विभिन्न कलाकारलाई भब्य सम्मान गरेको छ । नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएका विभिन्न कलाकारहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा चलचित्र विकास बोर्डका सदस्य तथा एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जन ,नेपाल चलचित्र कलाकार संघका सचिव, कलाकार तथा निर्माता चेतबहादुर सिंह ‘राजा’ ,चर्चित कलाकार तथा निर्देशक सबिन बास्तोला र निर्माता कृष्ण खनाललाई सम्मानका साथ दोसल्ला ओडाई सम्मान गरिएको थियो ।
म्याङगो जनज्योति सिनेमा हलका अध्यक्ष शिवप्रसाद उप्रेती र उपाअध्यक्ष सक्रोज अधिकारीले कलाकारहरुलाई सम्मान गरेका थिए । कलाकारहरुलाई सम्मान गर्न पाउदा खुशी लागेको म्याङगो जनज्योति सिनेमा हलका अध्यक्ष शिवप्रसाद उप्रेतीले बताए ।