फिल्म ‘रानी महल’ अरुका लागि महत्वपूर्ण होला या नहोला, अभिनेत्री बर्षा सिवाकोटीका लागि विशेष छ । यो फिल्मका लागि उनले अन्य केहि फिल्म छाडेकी मात्र छैनन्, धेरै समय पर्खिएकी पनि छिन् ।
तर, यो फिल्मको छायांकन सुरु हुने कहिले हो पत्तो छैन ।

प्रदिप खड्कादेखि पल शाहसम्मलाई यो फिल्म अफर भैसकेको छ । तर, दुबै हिरोले यो फिल्ममा काम गरेनन् । लभ स्टोरी कथामा बन्न लागेको फिल्मका लागि एक नयाँ हिरो अनुवन्धन गरिएको थियो । अहिले, उनी पनि यो फिल्मबाट बाहिरिएका छन् ।

यसैले, हिरोको अभावका कारण फिल्मको छायांकन सुरु गर्न निर्माण टोलीले सकेको छैन । अभिनेत्री बर्षाले भने यो फिल्म सुरु होला भन्दा भन्दै ‘भैरे’मा काम गरिसकेकी छिन् । साच्चै, के रानी महलले हिरो पाउला त ? अनी फिल्म बन्ला त ?