निर्देशन निगम श्रेष्ठलाई फेरि अर्को झट्का लागेको छ । शुक्रबारदेखि रिलिज भएको उनी निर्देशित फिल्म ‘लालपूर्जा’ पूर्ण रुपमा असफल भएको छ । फिल्म पूर्ण रुपमा असफल भएपछि निगमको निर्देशकिय क्षमतामाथि पनि प्रश्न उठेको छ ।
यो फिल्ममा सौगात मल्ल, विपिन कार्की जस्ता कलाकारले अभिनय गरेका थिए । तर, यी दुई कलाकारको जादु पनि हलमा दर्शक तान्न असफल रह्यो । फिल्म असफल हुँदा यसका निर्माता मारमा त परेका छन् नै, कलाकारलाई पनि घाटा लाग्ने गरेको छ । धेरै दर्शक फिल्मको पहिलो हाफमै टाउको दुखेको भन्दै निस्किएका थिए ।
फिल्मले समिक्षा पनि फितलो पाएको छ । फिल्म असफल भएपछि निर्देशक श्रेष्ठले अब आफ्नो फिल्मको शैली परिवर्तन गर्नुपर्ने विश्लेषकहरु बताउँछन् ।