अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको फिल्मको नाम तय गरिएको छ । यो फिल्मको नाम ‘रामकहानी’ राखिएको छ । कमेडी जनरामा बन्न लागेको फिल्मको नाम तयसँगै अभिनेताको खोजी पनि गरिएको छ । यो फिल्ममा अधिकांश कमेडी कलाकार फाइनल गरिएको छ ।
फागूणबाट छायांकनमा जान लागेको यो फिल्ममा पूजा शर्मा, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झाले काम गर्दैछन् । फिल्मका लागि केदारले १० लाख र जितुले ७ लाख पारिश्रमिक लिएका छन् । यो फिल्मको अहिले धमाधम कथा लेख्ने काम भैरहेको छ । फिल्मको छायांकन फागूणबाट हुनेछ ।