फिल्म ‘चि मुसी चि’को निर्माण हुने भएको छ । फिल्म ‘शकुन्तला’ निर्देशन गरेका निर्देशक दिनेश श्रेष्ठले यो फिल्म निर्देशन गर्न लागेका हुन् । फिल्ममा सुनिल क्षेत्रीले मुख्य अभिनेताको रुपमा काम गर्नेछन् । उनी, अहिले नेपाली ठिटो नामक ग्रुप संचालन गरेर युटुबमा चर्चामा छन् । सुनिलको जोडीको रुपमा चर्चित नृत्यांगना अलिशा शर्माले काम गर्ने भएकी छिन् ।
यो फिल्म म्यूजिकको बिषयका बन्नेछ । साथमा, थ्रिल पनि समावेश हुने दिनेशले जानकारी दिएका छन् । फिल्ममा कमली वाइवा, सुशान्त कार्की, सुशान्त बस्याल, शिवराज कार्की, रश्मी भट्ट लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।
फिल्मलाई महेश्वर खत्री र सुवास भुर्तेलले मिलेर बनाउन लागेका हुन् । फिल्मको छायांकन चाडै नै सुरु हुनेछ ।