अभिनेत्री बर्षा सिवाकोटीले लामो समयसम्म प्रतिक्षा गरेको फिल्म ‘रानीमहल’ छाडेकी छिन् । उनले, करिब सात महिना यो फिल्मको प्रतिक्षा गरिन् । फिल्मको घोषणा कार्यक्रममा हट पहिरनमा पुगिन् । तर, अहिले आएर उनले यो फिल्म छाडेकी छिन् । बर्षाले आफूले साइनिङ एमाउन्ट लिएर फिल्म छाडेकी छिन् ।
बर्षाले अन्तिममा आएर फिल्म किन छाडिन् होला ? फिल्मको छायांकन घोषणा भएको केहि दिनमै सुरु हुने कुरा थियो । तर, फिल्म घोषणा भएको २ साटा बढी हुँदा पनि छायांकन सुरु हुन नसकेपछि बर्षाले पैसा फिर्ता गर्दै फिल्म छाडेकी हुन् ।
अभिनेता प्रशान्त ताम्राकारले पनि यो फिल्मबाट हात झिकिसकेका छन् । सुरुमा अभिनेताको अभाव भएको फिल्ममा अब अभिनेत्री र खलपात्रकै अभाव हुने भएको छ । फिल्म कहिलेबाट छायांकनमा जान्छ भन्ने टुंगो लागेको छैन ।