अभिनेता प्रदिप खड्काले अभिनय गरेका फिल्ममा अरु पनि हिरो भएको खण्डमा उनले काम गर्दैनन् भन्ने चर्चा छ । प्रदिप आफू सोलो हिरोको रुपमा मात्र भएको खण्डमा काम गर्न राजी हुन्छन् भन्ने गसिप फिल्म क्षेत्रमा चलेको छ । तर, प्रदिपले यो कुरा अस्विकार गरेका छन् ।
फिल्म ‘लिलिबिली’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले यो कुरा नभएको बताए । उनले फिल्म ‘लिलिबिली’मा आफूले नै अभिनेताद्धय अनुप विक्रम शाही र सविन श्रेष्ठलाई सिफारिश गरेको बताए । उनले भने–‘फिल्मको अन्त्यमा जित्ने त हिरोले नै हो । भिलेन पावरफूल भयो भने अझ रमाइलो हुन्छ ।’
फिल्ममा अनुप विक्रम शाही पनि भएकाले प्रदिप कतै छायाँमा त पर्दैनन् भन्ने चर्चा पनि चलेको छ । प्रदिपले आफूले आफ्नो भूमिकामा फोकस भएर काम गर्ने बताए ।