निर्माताद्धय हरिवंश आचार्य र किरण केसी कलाकारको जम्बो टोली लिएर मोफसल टुरमा निस्किएका छन् । चैत्र ९ गतेबाट रिलिज हुने फिल्म ‘शत्रुगते’को प्रचारका लागि उनीहरु मोफसल यात्रामा निस्किएका हुन् । यो यात्रामा हरिवंश आचार्य, किरण केसी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा लगायतका कलाकार छन् ।
वुधबार हेटौडामा भएको कन्सर्टमा दर्शकको बाक्लो उपस्थिती रहेको थियो । कलाकारले गीतमा नृत्य गर्दै दर्शकलाई नचाएका थिए । यस्तै, कलाकारको कमेडी प्रस्तुतीले दर्शकलाई हसाँएको थियो । यस्तै, बिहिबार नारायणगढमा पनि दर्शकको उपस्थिती बाक्लो देखियो ।
फागूण ३० गतेसम्म चल्ने कन्सर्ट पोखरा, वुटवल, विर्तामोड, दमक, धरान, इटहरीमा पनि आयोजना हुनेछ । प्रदिप भट्टराइले निर्देशन गरेको यो फिल्मको ‘रुपै मोहनी’ बोलको गीत चर्चामा छ ।