फिल्म ‘तिमी सँग’को ट्रेलर बाहिरिएको छ । राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शिशिर राणाको कथा, निर्माण र निर्देशनमा बनेको फिल्मको ट्रेलर रिलिज गरियो ।
फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा छन् । फिल्मको प्रदर्शन मिति यस अगाडि पनि तोकिएको थियो तर रिलिज भने हुन सकेन ।
फिल्मलाई त्रिकोणात्मक प्रेमको वरिपरी घुमाइएको छ । साम्राज्ञीको प्रेममा परेका आकाश र नाजिरको कथामा फिल्म बनेको छ । फिल्मको छायांकन उत्कृष्ट छ ।
दृश्यमा भने कुनै संझौता नगरिएको ट्रेलरमा देख्न सकिन्छ । तिन अपरिचित पात्र, उनीहरुको भेट, प्रेमको सुरुवात, मिलन, विछोडको कथामा फिल्म घुमेको छ । यो फिल्म चैत्र २३ गतेबाट रिलिज हुँदैछ ।