निर्माता छविराज ओझा र अभिनेत्री रेखा थापा डिभोर्सपछि फेरि नजिक देखिएका छन् । आइतबार आयोजना भएको फिल्म ‘मंगलम’को प्रेश शोमा रेखा पुगिन् ।
रेखाले छवि र छविका छोरा साकार ओझासँगै बसेर फिल्म पनि हेरिन् । रेखाले त छविका छोरा साकार र आफू सँगै हुर्किएको समेत बताउन पछि परिनन् ।
रेखा सुरुमा त छविसँग तस्बिर खिचाउने मुडमा देखिएकी थिइनन् । तर, मिडियाको करले उनलाई एउटै फ्रेममा बस्न वाध्य हुनुपर्यो ।
रेखाले फिल्म हेरेपछि छविराज प्रोडक्शनको उत्कृष्ट फिल्म भन्दै वधाई पनि दिइन् । उनले, अभिनेता पुष्पल खड्का र अभिनेत्री शिल्पा पोखरेलको कामको पनि तारिफ गरिन् ।
जे भएपनि रेखा र छविको यो भेटघाट रमाइलो थियो ।