बलिउडमा अभिनेत्री दीपिका पादुकोणले अहिले राज गरिरहेकी छिन् । आफ्नो अभिनय र सुन्दरताका कारण दीपिका बलिउडकी ‘रानी’ हुन् ।
दीपिका अभिनित फिल्म ‘पद्यमावत’ बक्स अफिसमा धमाका मच्चाउन सफल भयो ।
उनै, दीपिका अब नयाँ फिल्मको काममा व्यस्त रहनुपर्ने हो । तर, अभिनेता इरफान खान र उनले अभिनय गर्ने भनिएको फिल्मको छायांकन पोष्टपोन्ड भएको छ ।
अभिनेत्री दीपिका पादुकोण अहिले ढाडको समस्याले ग्रसित छिन् । उनको स्वास्थ्यका कारण फिल्मको छायांकन पछाडि सरेको हो । यस्तै, अभिनेता इरफान खानको स्वास्थ्यको समस्याले पनि नयाँ फिल्मको काम अगाडि बढ्न सकेको छैन ।
दीपिकाले मिडिया कुराकानीमा आफ्नो पछाडिको भाग अहिले सुधार भएको बताएकी छिन् । साथै, उनले चाडै नै फिजियोथेरापी सुरु गर्ने बताइन् । फ्यान, मिडिया र फिल्मीकर्मीको मायाले आफू चाडै नै ठिक हुने उनले बताइन् ।