निर्माता सुवास गिरीले फिल्म ‘कृ २’ बनाउने भएका छन् । फिल्म ‘भैरवी’पछि उनले यो फिल्म बनाउने बताएका छन् । यसका लागि अभिनेता अनमोल केसीसँग नै कुरा गरिएको छ ।
निर्माता गिरी र अभिनेता केसीविच फिल्म ‘कृ’को शोका लागि जापान जाने क्रममा यो बिषयमा कुरा भएको थियो । अभिनेता केसीले मौखिक रुपमा सहमती जनाएको सुवासले बताएका छन् ।
अभिनेता केसीले पनि फिल्म ‘कृ’का लागि आफू सकारात्मक रहेको बताएका छन् । उनले, फिल्म ‘क्याप्टेन’को छायांकन पश्चात यो फिल्मलाई समय दिने बताए । उनले, पहिले फिल्मको कथा तयार भएपछि मात्र संझौता गर्ने पनि बताएका छन् ।
यो बर्ष रिलिज भएर सफल भएको फिल्म ‘कृ’ले चर्चा निकै पाएपछि सुवास यसको सिक्वेल बनाउन हौसिएका हुन् ।