अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिल्ममा राख्यो भने फिल्मले लगानी उठाउँछ भन्ने धेरै निर्माताको वुझाई छ । २ वटा फिल्म हिट दिएर साम्राज्ञीले यो कुराको पुष्टी पनि गरिसकेकी छिन् ।
तर, के साम्राज्ञी आफू भने यो कुरा मान्छिन् त ? साम्राज्ञी अभिनित फिल्म ‘तिमी सँग’ यूनिट अहिले राजधानी बाहिर छ । मोफसलमा फिल्म प्रचार गर्न पुगेकी साम्राज्ञीले आफ्नो कारणले मात्र फिल्म हिट नहुने बताएकी छिन् ।
साम्राज्ञीका अनुसार फिल्म हिट हुनका लागि सबै कलाकार र टिमको मिहिनेत उत्तिकै आवश्यक छ । फिल्म ‘तिमी सँग’मा अभिनेता आकाश श्रेष्ठ र नाजिर हुसेनले पनि राम्रो काम गरेको भन्दै साम्राज्ञीले दर्शकले गीत र ट्रेलरमा आकाश र नाजिरको प्रशंसा धेरै भएको बताइन् ।
शिशिर रानाले निर्माण तथा निर्देशन गरेको यो फिल्म चैत्र २३ गतेबाट रिलिज हुँदैछ ।