अभिनेत्री केकी अधिकारीलाई बल्ल लागेको छ, फिल्म बनाउन सजिलो छैन । यहिकारणले पनि उनले निर्माताको पीडा र दुःख वुझ्न थालेकी छिन् । निर्माताको पीडा वुझ्न कलाकारले फिल्म नै बनाउनुपर्छ भन्ने बल्ल वुझ्न थालेका छन् । फिल्म बनाएपछि अरुको फिल्मको समयमा दुःख दिने कलाकार चेत्न थालेका छन् ।
अभिनेत्री केकी अधिकारी फिल्म ‘कोहलपुर एक्सप्रेस’बाट निर्मात्री बनेकी छिन् । उनले, यो फिल्मका लागि गरेको मिहिनेत संझदै आफू कहिलेकाही किन फेन्ट हुन्न भनेर सोच्न वाध्य भएको बताएकी छिन् । फिल्मको हरेक काममा यता र उता दौडन पर्ने भएकाले पनि केकीले गाह्रो रहेको पीडा पोखिन् ।