अभिनेता भूवन केसी र अभिनेत्री जीया केसी लामो समयदेखि प्रेममा छन् । सुस्मिता केसीसँग भूवनको डिभोर्स भएपछि जीयाले उनलाई साथ दिदै आएकी छिन् । जीया र भूवन लिभिङ टूगेदरमा पनि छन् । तर, यी दुइलाई सार्वजनिक स्थानमा भने एकसाथ देखिदैन । कारण, भूवनले जीयालाई सार्वजनिक स्थानमा लिएर पुग्दैनन् । तर, स्कटल्याण्ड जाने बेलामा त्रिभुवन विमानस्थलमा यी दुई एकसाथ देखिएपछि भने दुइलाई खुल्न सजिलो भएको छ ।
भूवन र जीयालाई अब सार्वजनिक स्थलमा भेट्न पनि सजिलो भैसकेको छ । शुक्रबार बेलुकी आयोजना भएको ‘दोश्रो फान अवार्ड’मा भूवन र जीया एकसाथ पुगेका थिए । उनीहरु, अवार्डको पुरा अवधि एकसाथ बसे । जीया आकर्षक पहिरन लगाएर भूवनसँगै अवार्डमा पुगिन् ।
भूवन र जीयाले अब आफूहरु खुल्ला रुपमा बाहिर हिड्न थालेको वुझाउन खोजेका थिए ।