के अभिनेत्री करिश्मा मानन्धरले पीएचडी गर्लिन् त ? भर्खरै ९ कक्षामा पढ्दै गरेकी करिश्माले पीएचडीसम्मको अध्ययन पुरा गर्लिन् ? यो त बहसको कुरा भयो । तर, करिश्माको योजना भने पीएचडीसम्म अध्ययन गर्ने छ । ४४ बर्ष भन्दा बढी उमेरकी अभिनेत्रीले अहिले ९ कक्षाको जाँच दिइन् ।
मैतीदेविस्थित त्रिवेणी पब्लिक स्कुलमा उनी अध्ययन गरिरहेकी छिन् । उनी सात दिनमा २ दिन स्कुल जाने गर्छिन् । उनलाई स्कुलले स्कुलको पोशाक अनिवार्य भने गरेको छैन । छोरी कविताले आफूलाई पढाइमा सहयोग गरेको करिश्माको भनाई छ । आफूलाई म्याथ गाह्रो लाग्ने र छोरीको साथ लिने गरेको करिश्माले बताएकी छिन् ।
सानो उमेरमै फिल्म क्षेत्रमा प्रवेश गरेकाले आफूले अध्ययन गर्न नपाएकाले अहिले पढ्न थालेको करिश्माको भनाई छ । उनले, आफ्नो पढाइका लागि प्रेरणाको श्रोत नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई रहेको बताउँदै आएकी छिन् ।