बलिउड अभिनेता सलमान खान जमानतमा रिहा भएका छन् । ४८ घन्टा जेलमा बसेका सलमानलाई जोधपुरको सेसन कोर्टले जमानतमा रिहा गर्न आदेश दिएको हो । सलमानलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको हो ।
सलमान रिहा हुने वित्तिकै चाटर्ड प्लेनबाट मुम्बई फर्किएका थिए ।
सलमानको रिहाइको खबर सार्वजनिक भएसँगै उनका फ्यानले खुशी मनाएका थिए । सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट अगाडि फ्यानको भीड लागेको थियो । प्रहरीलाई उनको घर अगाडि सुरक्षा दिन हम्मे हम्मे परेको थियो ।
सलमानलाई सन् १९९८ मा जोधपुरमा फिल्म ‘हम साथ साथ हे’को छायांकनका क्रममा कालो हरिण मारेको आरोपमा जोधपुरको अदालतले ५ बर्षको जेल सजाय सुनाएको थियो । जेल जीवन सुनाए लगतै सलमानलाई जोधपुरको केन्द्रिय कारावासमा लगिएको थियो ।