चैत्र ३० गतेबाट रिलिज हुन लागेको फिल्म ‘लिलिबिली’को जोडतोडका साथ प्रचार भैरहेको छ । राजधानी बाहिरका विभिन्न शहरमा फिल्मको प्रमोशन गरियो । दर्शकसँग प्रत्यक्ष जोडिदै कन्सर्ट आयोजना गरिएको थियो । कन्सर्टमा दर्शकको उपस्थिती बाक्लो थियो ।
फिल्मको प्रचार अझै रोकिएको छैन । फिल्म रिलिज हुन एकसाथ मात्र बाँकी रहँदा यसको कन्सर्ट राजधानीमा सुरु भएको छ । राजधानीका विभिन्न स्थानमा फिल्मको प्रचार जोडतोडका साथ चलिरहेको छ ।
प्रचारमा फिल्मका मुख्य कलाकार प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङ सहभागी छन् । दर्शकको बाक्लो भीडका कारण पनि फिल्मले राजधानीमा पनि आक्रामक ओपनिङ गर्ने संकेत देखाएको छ । मिलन चाम्सले निर्देशन गरेको यो फिल्मलाई गोविन्द शाही, सुदिप खड्का, मिलन चाम्सले मिलेर निर्देशन गरेका हुन् ।