अभिनेत्री साम्राज्ञ राज्यलक्ष्मी शाह यो बर्ष चम्किएकी छिन् । उनको स्टारडमकै कारणले यो बर्ष उनी अभिनित २ फिल्म चलेका छन् । फिल्म ‘ए मेरो हजुर २’ बक्स अफिसमा हिट भयो भने चैत्र २३ गतेबाट रिलिज भएको फिल्म ‘तिमी सँग’ले पनि इनिसियल व्यापार राम्रो गरेको छ ।
साम्राज्ञीकै कारण खासै प्रचार नभएको फिल्म ‘तिमी सँग’ले पनि इनिसियल व्यापार गरेपछि उनी चम्किएकी हुन् । साम्राज्ञी नेपाली फिल्म क्षेत्रमा आफ्नै दममा फिल्म चलाउने अभिनेत्रीको रुपमा चिनिएकी छिन् ।
यो बर्ष २ वटै फिल्मले इनिसियल व्यापार गर्दा उनको स्टारडमको चर्चा पनि भएको छ ।