सलमान खानको भाइ अरबाज खानसँग सम्बन्ध विच्छेद गरेकी मलाईका अरोराले स्विमिङ पुलको किनारमा लम्पसार परेर हट फोटो सुटगराएकी छन् । ‘हल्लो म्यागजिन’का लागि फोटो सुट गराएकी मलाईका स्विमिङ पुलको किनारमा बिकिनीमा प्रस्तुत भइन् । पछिल्लो केही समययता भारतीय मिडियामा मलाईको चर्चा निकै हुने गरेको छ । अरबाज–मलाईकाको सम्बन्छ चर्चा एक वर्षभन्दा बढी भयो । कहिले छुट्टिन लागेको त कहिले कुरा मिलिसकेको जस्तो खबरले चर्चामा रहे उनीहरू । पछिल्लो समय एक अन्तरवार्ताका क्रममा अरबाजले मलाइकासँग छुट्टिने निर्णय गरेको जानकारी दिएपछि उनीहरू औपचारिक रूपमा छुट्टिएको पुष्टि भएको थियो । उनीहरूले विवाह गरेर २३ वर्ष सँगै बिताएका थिए । उनीरूका साथमा १३ वर्षका छोरा छन् ।