यस बर्षको दशैंलाई लक्षित गरेर असोज २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘किस्मत २’ को ट्रेलर रिलिज भएको छ । ‘तिम्रो पिक्चर हिट’ र ‘आकाशबाट झरेकी अप्सरा’ बोलको गीतपछि निर्माण कम्पनी छविराज प्रोडक्शनले ‘किस्मत २’ को ट्रेलर रिलिज गरेको हो । ट्रेलरमा नायिका शिल्पा पोख्रेल, पृथ्वीराज प्रसाई र किशोर खतिवडा देखिएकान छन् । ट्रेलरमा नायिका शिल्पा पोख्रेलले प्रेम पृथ्वीराजसँग गरेकी छिन् भने अन्त्यमा किशोर खतिवडासँग विवाह गरेको छिन् । ऋषि लामिछानेले निर्देशन गरेको यो चलचित्रलाई छविराज ओझाले निर्माण गरेका हुन् ।