बलीउड फिल्मकी क्वीन भनेर चिनिले नेपाली मुलकी बलीउड अभिनेत्री मनिषा कोइरालाले क्यान्सर रोगलाई जितेपछि यतिबेला उनी विभिन्न स्थानहरुमा घुमेर समय विताइरहेकी छिन् । सम्राट उपाध्ययसँग लगनगाँठो कसेकी उनले डिभोर्स भएपछि स्वस्थ र फूर्तिली रहन घुमघाममा समय विताउन रुचाउँछिन । त्यसबाहेक उनी महिला अधिकार सम्बन्धी संघसंस्थामा आबद्ध रहेर सामाजिक सेवामा छिन् । भूकम्प प्रभावितहरुलाई उनले विभिन्न किसिमका सहयोगहरु पनि जुटाइरहेकी छिन् ।
नयाँ जीवन पाएर खुसी उनी केही बर्षयता साउथ फिल्ममा पनि व्यस्त हुँदै आएकी छिन् । केही महिना अगाडी मात्र उनले एक भारतीय अनलाइनलाई अन्तर्वार्ता दिने क्रममा आफु दोस्रो विवाह गर्न तयार रहेको बताएकी थिइन । उनले बलीउडमा कमब्याक गरेको बलीउड फिल्म ‘मौली’ प्रदर्शनको तयारीमा रहेको छ । फिल्म ‘मौली’मा उनी बिहारी मुस्लिम महिलाको भुमिका निभाउँदै गरेको देख्न सकिन्छ । उनले फिल्म ‘मौली’ मा आफ्नो भुमिका दमदार रहेको बताएकी छिन् ।
एक हप्ता अगाडी सिक्किममा आयोजना भएको ‘चौँथो ईनास नेपाली फिल्म अवार्ड’ मा सहभागी भएकी मनिषा अहिले आफ्नो जन्मथलो काठमाडौंमा छिन् । नेपालमा आफ्नो आमाबुबा भएका कारण उनी काठमाडौं आउने जाने गरिरहन्छिन् । काठमाडौंमा केही दिन अझै रहने मनिषाले अहिले सम्पूर्ण समय आफ्नो परिवारलाई दिएकी छिन् । उनले आफ्नो परिवारसँग काठमाडौंको लबिङ महलमा दुध पिउँदै गरेको तस्बिर आफ्नो फेसबुकमा अपलोड गरेकी छिन् । सन १९९१ मा हिन्दी चलचित्र ‘सौदागर’ वाट करिअर सुरु गरेकी मनिषा कुनै समय बलिउडको चर्चित नायिकाको रुपमा चिनिन्थिन् । पाठेघरको सफल उपचारपछि पुनः बलिउड फिल्ममा प्रवेश गरेकी मनिषाको सन २०१५ मा ‘चेहराः ए मोर्डन डे क्लासिक’ रिलिजभएको थियो । उनले केही तेलुगु र तमिल फिल्ममा समेत अभिनय गरेकी छिन् ।