आजबाट २०१६ ले विदा मागेर २०१७ ले पाइला टेकेको छ । २०१६ मा धेरै हलीउड सेलिब्रेटीहरुको डिभोर्स भयो र २०१६ को अन्त्यसँगै अर्का हलीउड कपलको पनि डिभोर्स भएको छ । हलीउडको चर्चित जोडी ब्राण्ड पिट र एन्जेलिना जोलीपछि हैली बेरी र ओलिवर मार्टिनेजले पनि दुई बर्षपछि डिभोर्स गरेका छन् । यी दुईले गएको बर्ष २०१५ अक्टूबरमा डिभोर्स फाइनल गरेका थिए ।
यस विषयमा ओलिवरले भने, ‘मेरो र हैलीबीचको सम्बन्ध निकै भावुक थियो । हामी जति लड्थ्यौं, त्यति नै एकअर्कालाई माया गर्थ्यौं । म चाहन्थे कि सम्बन्धमा सुधार आओस् । म कहिले पनि हैलीसँग टाढा रहन चाहन्न थिएँ ।’ ओेलिवर अब लस एन्जिल्समा तीन बर्षका छोरासँग रहनेछन् ।