२०१७ को सुरुवातमा अनुष्का शर्मा र विराट कोहलीको इन्गेजमेन्टको खबरले अहिले भारतीय मिडियाहरु खुबै तातेका छन् । तर, हालैमा अनुष्काको प्रवक्ताले एक विज्ञप्ती जारी गर्दै उनीहरुको इन्गेजमेन्ट नभएको प्रष्ट पारेका छन् । तर, हालैमा ताजा रिपोर्ट्सका अनुसार, एक अर्की बलीउड अभिनेत्रीको २०१७ मा इन्गेजमेन्ट हुने खबर भाइरल भएको छ । यी अभिनेत्री अरु कोही होइनन् ‘दबंग’ गर्ल सोनाक्षी सिन्हा हुन । पछिल्ला केही बर्षदेखी सोनाक्षी र बन्टी सजदेह प्रेम सम्बन्धमा छन्, बन्टीले यसअघि नै पहिलो श्रीमतीलाई डिभोर्स दिइसकेका छन् ।
१. मिडियामा आएको खबरका अनुसार, सोनाक्षी सिन्हा र उनका कथित ब्वायफ्रेण्ड बन्टी सजदेह इन्गेजमेन्ट गर्ने तयारीमा छन् ।
२. इन्गेजमेन्टको डेट अहिले नै फाइनल भने भएको छैन । यति चाहिँ स्पष्ट छ कि इन्गेजमेन्ट फरवरी, २०१७ मा हुनेछ, जुन पूर्ण रुपमा प्राइभेट सेरेमनी हुनेछ ।
३. सोनाक्षीलाई बन्टी र उनको फेमिलीको साथ धेरै पटक देखिसकेको छ । तर, अहिलेसम्म उनीहरुले आफ्नो सम्बन्धलाई स्वीकार भने गरिसकेका छैनन् ।