आर्थिक वर्ष २०१५/१६ को तेस्रो त्रैमासिकसम्म ऋतिक रोशन बलिउडको सबैभन्दा बढि अग्रिम कर तिर्ने सेलिब्रेटी बनेका छन् । उनले तिन खानका साथसाथै रणविर कपुर र अक्षयलाई पनि पछि पारिदिएका छन् । ऋतिकको पछिल्लो फिल्म ‘मोहेन्जो दारो’ फ्लप भएपनि पनि उनले कर तिर्ने मामलामा भने सबैलाई जितेका हुन् ।
सबैभन्दा धेरै कर तिर्ने बलिउडका टप पाँच स्टारहरु यी हुन :-
१. ऋतिक रोशन
ऋतिकले सन् २०१६ मा ८० करोड भारतिय रुपैंया कर तिरेका हुन् । उनले अघिल्लो वर्ष ५० करोड भारु तिरेका थिए ।
२. आमिर खान
आमिरले सन् २०१६ मा ७२ करोड भारतिय रुपैंया कर तिरेका छन् । उनले अघिल्लो वर्ष ३४ करोड भारु कर तिरेका थिए ।
३.। रणविर कपुर
रणविर कपुरले सन् २०१६ मा ३७ करोड भारतिय रुपैंया कर तिरेका छन् । उनले अघिल्लो वर्ष जम्मा ९ करोड भारु कर तिरेका थिए ।
४. सलमान खान
सलमान खानले सन् २०१६ मा १४ करोड भारु कर तिरेका छन् । यसैगरी उनले अघिल्लो वर्ष १० करोड रुपैंया कर तिरेका थिए ।
५. अक्षय कुमार
अक्षय कुमारले सन् २०१६ मा १० करोड भारु कर तिरेका छन् । उनले सन् २०१५ मा ८ करोड रुपैंया कर तिरेका थिए ।
यसैगरी आयकर विभागले अमिताभ बच्चन र शाहरुख खानको करको बारेमा भने जानकारी दिएको छैन् ।