केही बर्ष अगाडीदेखी नेपाली चलचित्रहरु धमाधम पाईरेसीको शिकार भइरहेको खबर एकपछि अर्को सेलाउन नपाउँदै अर्को सुपरहिट चलचित्र ‘छक्का पन्जा’ पनि पाईरेसीको मारमा परेको छ । केही दिन अगाडी मात्र प्रदर्शनको समय दिन मनाएको चलचित्र ‘छक्का पन्जा’ फेसबुकमार्फत बाहिरिएको हो । बिहिबार बिहानैबाट चलचित्र मानिसका मोबाइल-मोबाइलमा छ्याप्तछ्याप्ती भएको थियो । चलचित्र पाइरेसी भएपछि अन्ततः यसलाई युटुबबाट रिलिज गरिएको छ । हाइलाइट्स नेपालले शुक्रबार बिहानै चलचित्र आधिकारिक रिलिज युटुबबाट गरेको हो । चलचित्रका कलाकार तथा निर्माता दीपकराज गिरीले चलचित्र छक्का पन्जा पाईरेसीको शिकार भएको फेसबुकमार्फत स्वीकार गरेका छन् । अहिलेले दीपकराज गिरी र दीपाश्री निरौला चलचित्र ‘छक्का पन्जा’ को प्रदर्शनका लागि यूरोपमा छन् । चलचित्र छक्का पन्जा पाईरेसी भएपछि अब केही दिनमा नै दीपक र दीपा नेपाल फर्कने बताइएको छ । चलचित्र छक्का पन्जा पाईरेसीको शिकार भएपछि विदेश प्रदर्शन चौपट भएको छ । १६ करोड बढिको कारोबार गरेको यो चलचित्र नेपाली वक्सअफिसको सर्वाधिक सफल चलचित्र हो । खबरका अनुसार, हाइलाइट्स नेपालका प्रमुख ओम गुरुङले अष्ट्रेलियाका लागि पठाएको कपि मलेसियामा बस्ने एक जना व्यक्तिले फेसबुकमा राखेका थिए । तर, अझै पनि पाईरेसी कहाँबाट भयो भन्ने खुल्न नसकेको गुरुङले बताएका छन् । यसअगाडि हाइलाइट्स नेपालबाटै चलचित्र ‘ड्रिम्स’को पाइरेसी भएको थियो ।