बेलगुरुमा युवतीहरुमाथि घिनलाग्दो व्यवहारलाई लिएर बलिउड अभिनेता नाना पाटेकरले आफ्नो आक्रोश पोखेका छन् । यो घटनालाई लिएर पुरै बलिउड जगत आक्रोशित रहेको छ । यसैबीच नानाले आफ्नो कुरा बाहिर ल्याएका छन् । रिसको झोकमा उनले धम्की पनि दिएका छन् । मम्बइमा भएको एक कार्यक्रममा नाना पाटेकरले बेलगुरुमा भएको ‘मास मोलेस्टेसन’ मा केन्द्रित रहेर बोलेका थिए । उनले खुलेर भने,‘महिला जहिले पनि विदेशी कपडा लगाउँछन् । खराबी हाम्रो सोचमा हो । ती कपडाहरुको होइन ।यस्ता मानिसहरुलाई त बाटोमा सबैको माझ पिट्नु पर्छ । तर, यी मानवअधिकारवादीहरु जहाँ पनि बीचमा आउने गर्छन् । यदी मेरो दिदी बहिनीसँग भएको भए सबै सिमा नाघेर जबाफ दिने थिए । त्यसपछि जे हुन्छ सबैले हेर्थे ।’ नानाका अनुसार भारतीय संस्कृतिले महिलाहरुलाई सम्मान गर्न सिकाउँछ अनादार गर्न होइन । कानुनको सही पालना नभएका कारण पनि यस्तो हालत समाज देखिएको हो । यदी यस्तै अवस्था रही रहेमा हामीले विश्वलाई के सन्देश दिने उनले प्रश्न गरेका छन् ।
समाजवादी पार्टीका नेता अबु आजमीले दिएको बयानलाई लिएर गरिएको प्रश्नमा उनले यस्ता व्यक्तिलाई पदबाट हटाउनु पर्ने बताएका छन् ।