यसअघि जेठ १९ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘जोनी जेन्टलमेन’ अब यो मितिमा नआउने पक्का भएको छ । फिल्मको नयाँ रिलिज मिति तय भएको छ दुई महिना पछि अर्थात भदौ ३० ।
देशको वर्तमान राजनीतिक अवस्था र स्थानिय चुनावको प्रभावलाई लिएर प्रदर्शन मिति सारिएको बताईएको भए पनि यसको पछि जेठ १९ मा रिलिज फिल्मलाई लिएर नै हो । सिंगल स्कृन भन्दा बढि तार्गेट मल्टिप्लेक्सलाई गरेको यो फिल्म उक्त मितिमा आउँदा विल्सन विक्रम राईको ‘रातोघर’ र विश्व रेकर्डको दौडमा रहेको ‘जालो’सँग भिड्नुपर्ने थियो ।
उल्लेखित दुबै फिल्म विशेषतः मल्टिप्लेक्स लक्षित हुन् । त्यसैले हल संख्याको हिसाबले अनि व्यापारिक रुपमा पर्न सक्ने संभावित असरलाई लिएर निर्माण टिमले मिति हेरफेर गर्यो । भदौ ३० मा अन्य फिल्म रिलिज घोषणा नभईसक्दा यसको एक हप्ता पहिले निश्चल वस्नेत स्टारर फिल्म ‘२ रुपैयाँ’ रिलिज हुँदैछ । उक्त फिल्मले दर्शकको मन जित्दै गर्दा दोश्रो हप्ताको भिडन्तमा दुबै फिल्म पर्नसक्छन् । ‘दुई रुपैयाँ’ पनि मुख्यतः मल्टिप्लेक्स तार्गेटेड फिल्म नै हो ।
‘जोनी जेन्टलमेन’मा पल शाह, आँचल शर्मा, जैना कुवंर लगायत लिड अभिनयमा छन् । नितिन चन्द निर्देशक हुन् ।